लमजुङको दोर्दीमा जिप दुर्घटना, १ को मृत्यु, ११ जना घाइते
ekantipur.com · Tue Nov 17 17:43:32 UTC 2020
लमजुङ — लमजुङको दोर्दी गाउँपालिका ४, जितौरे नजिकै कपासे भन्ने स्थानमा मंगलबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ११ जना सख्त घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश पुनका अनुसार बेंसीसहरबाट दोर्दी ५, पाचोक जाँदै गरेको ग१ज २१२७ नम्बरको बोलेरो जिप साँझ सवा ६ बजेतिर सडकबाट किसेदीखोलामा खसेको हो । दुर्घटनामा परेर दोर्दी ५, छतिगाउँकी अन्दाजी ७० वर्षीया सुनि गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट उपचारका लागि नौथर शेरास्थित मेडिकलमा ल्याउादै गर्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)