कोशी टी–१० को उपाधि वाईआरसीसीले जित्यो
ekantipur.com · Sun Jun 02 17:44:48 UTC 2024
विराटनगर — वाईआरसीसी क्रिकेट क्लब विराटनगरले प्रथम कोशी प्रदेश दिवारात्रिकालीन टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
क्रिकेट संघको अनुमतिमा विराटनगर महानगरपालिका ६ को आयोजनामा स्थानीय बरमपुराको एमबीजे क्रिकेट मैदानमा आइतबार साँझ भएको फाइनल खेलमा वाईआरसीसीले एनबीएससी लायन्स क्लबलाई १० विकेटको सजिलो जित निकालेको हो । वाईआरसीसीले एक महिना पहिला यहीको मिल्स कप क्रिकेटको उपाधि पनि जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)