एसईई परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए थप जानकारी
ratopati.com
file photo
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले माध्यमिक शिक्षा कक्षा दशको अन्त्यमा हुने परीक्षा (एसईई) विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरि निर्णय गरेको स्पष्ट पारेका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत सो कुराको थप जानकारी दिएका हुन् । मन्त्री पोखरेलले यससम्बन्धि थप विवरण सम्बन्धित निकायहरुले उचित समयमा उपलब्ध गराउने जानकारी दिएका छन् । उनले लामो समयसम्म विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकोले आवश्यक निर्णय गरिएको समेत स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)