परराष्ट्रका तीन सहसचिव राजदूत सिफारिस
nepallive.com · Mon Aug 17 17:21:00 UTC 2020
काठमाडौं- सरकारले परराष्ट्र मन्त्रालयका तीन सहसचिवलाई राजदूतमा सिफारिस गरेको छ। विभिन्न देशका लागि रिक्त भएका नेपालका राजदूतमा सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का राजदूतका सिफारिस भएका हुन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। यद्यपि उनीहरू कुन कुन देशका लागि राजदूत सिफारिस भएका हुन् भन्ने खुलाइएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)