युरोपमा यस्तो छ लकडाउन अन्त्य गर्ने तयारी, इटलीमा दोश्रो चरण सुरु
ratopati.com
एजेन्सी । युरोपियन मुलुक चेक रिपब्लिकले शुक्रबारदेखि जनतामाथि लगाएको प्रतिबन्ध हटाएको छ । चेक स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि १० जनाभन्दा बढी व्यक्तिहरुको समूह जमघट गर्न पाउनेछन् । उक्त संख्यामा मानिसहरु हिँडडुल पनि गर्न सक्ने छन् । त्यहाँ १६ मार्चदेखि लकडाउन सुरु भएको थियो ।
आगामी सोमबारदेखि त्यहाँका नागरिकलाई देश बाहिर जान पनि छुट दिइएको छ । तर देशबाहिर जानेहरुले सरकार र विश्व स्वास्थ्य संगठनहरुले अघि सारेका कडा सर्तहरु भने पालना गर्नुपर्नेछ । तर युरोपियन युनियन बाहिरका व्यक्तिहरुले भने सीमामा स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश पाउनेछन् । उनीहरुमा हालसालै कोरोना संक्रमण नभएको प्रमाण पुष्टि हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)