‘कमेडी च्याम्पियन’का विजेता हिमेशले पाए कार र नगद पुरस्कार
baahrakhari.com · Wed Aug 12 17:27:00 UTC 2020
काठमाडौं । नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–१’ का विजेता हिमेश पन्तलाई आयोजकले पुरस्कार प्रदान गरेको छ । आज काठमाडौंमा आयोजकले विजेता पन्तलाई नगदसहित कार प्रदान गरेको हो ।
विजेतालाई ड्याट्सन रेडी–गो कार र २५ लाख नगद पुरस्कारको व्यस्था थियो । नगद रकमको ५० प्रतिशत आयोजकले विजेतालाई यसअघि नै प्रदान गरिसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)