कोही काममा व्यस्त, कोही परिवारसँग मस्त
gorkhapatraonline.com · Sun Oct 22 07:22:13 GMT 2023
काठमाडौँ, कात्तिक ५ गते । दसैँ भन्नेबित्तिकै सम्पूर्ण नियमित कामकाजबाट केही दिन बिदा लिएर धार्मिक आस्था र परम्परा अनुसार देवीको पूजा आराधनामा जुट्ने, पारिवारिक जमघट र विशेष खानपानमा रम्ने अवसरका रूपमा लिइन्छ । कामविशेषले मूलथलोबाट टाढा रहेका पनि दसैँकै बहानामा आफ्नो गाउँघर फर्किने गर्छन् । आफन्तसँग बसेर रमाउँछन् । यही परिवेशमा सधँै व्यस्त रहने कलाकार पनि दसैँको तयारीमा जुटेका छन् । कलाकारले दसैँ कसरी मनाउँदै छन् त ?
अभिनेता तथा लेखक खगेन्द्र लामिछाने यस वर्ष आफ्नो मूल घरमा नजाने सोचमा हुनुहुन्छ । उहाँको मूल घर स्याङ्जा भए पनि उहाँ आफ्नो चलचित्र ‘पशुपति प्रसाद २ ः भस्मे डन’ को प्रदर्शन सुरु भएका कारण काठमाडौँमै बस्ने योजनामा हुनुहुन्छ । यस वर्ष उहाँको परिवारमा टीका नहुने भएकाले घर नजाने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “दसैँ त बाल्यकालमा अधिक रमाइलो हुन्थ्यो । दक्षिणा र खानपानको लोभ लाग्थ्यो ।” अहिले त कामले गर्दा आफन्त भेट्ने र कुराकानी गर्न पाए हुन्थ्यो भन्ने समयको मात्र लोभ लाग्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)