आजबाट सुरु हुँदै टी-२० विश्वकप छनोट: पहिलो खेलमा नेपालले सिंगापुरको सामना गर्ने
deshsanchar.com · Mon Oct 30 01:01:29 GMT 2023
काठमाडौं- आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोटका लागि एसिया क्षेत्र छनोट सोमबारबाट सुरु हुँदै छ। आगामी विश्वकपमा २० टिमको सहभागितासँगै यो पटक क्षेत्रिय छनोट मार्फत टिमले विश्वकप यात्रा तय गर्ने छन्।
८ टोली सहभागि रहेको प्रतियोगितामा शीर्ष २ मा रहने टोलिले विश्वकपको टिकट पक्का गर्ने छन्। नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरसँग बिहान ९ बजे टियु क्रिकेट मैदान कीर्तिपुरमा प्रतिस्पर्धा गर्ने छ। उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्ने लक्ष्यमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)