हलको भुइँ थर्किनेगरि नेपथ्यलाई स्वागत गर्यो मेलबर्नले
barnanmedia.com · Tue Mar 25 22:09:57 GMT 2025

मेलबर्न (अस्ट्रेलिया) । अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ । यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा ।
कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृतले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहोर्याए । उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर चिच्याए । उनले थप्दै लगे– ‘मादलमा शान्ति’, ‘किबोर्डमा दिनेश’, ‘बेस गितारमा सुविन’, ‘गितारमा नीरज’। यसरी नाम लिइँदा दर्शकदीर्घाले उत्तेजित भएर प्रशंसा गरिरहेको थियो । अन्तिममा सानो स्वरमा ‘र, म अमृत’ भनेका मात्र के थिए, अघिसम्म चिच्याइरहेका दर्शक उफ्रिन सुरु गरे । भुइँ थर्किन थाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)