जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा
pahilopost.com · Mon Dec 05 17:55:13 GMT 2022
फिफा विश्वकप अन्तर्गत आज सम्पन्न प्रि क्वाटरफाइनल खेलमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारस्थित अल जानुब स्टेडियममा सम्पन्न खेलमा एसियाली राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा पछि पार्दै क्रोएसियाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलको निर्धारित समयसम्म खेल १-१ गोलको बराबरीमा रोकिए पछि खेल अतिरिक्त समयसम्म पुगेको थियो। तर, अतिरिक्त समयमा पनि दुबै टोलीले गोल थप्न नसक्दा पेनाल्टी सुटआउटमा क्रोएसियाले ३-१ गोल अन्तरले जित निकालेको हो। त्यसअघि खेलको ४३ औं मिनेटमा जापानले डेइजेन माइदाले गोल गर्दा टोलीलाई अग्रता दिलाएका थिए। तर, ५५ औं मिनेटमा इभान पेरिसिचले गोल फर्काउँदा खेल बराबरीमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)