हैदरावादले राजस्थानलाई हरायो
baahrakhari.com · Mon Sep 27 17:43:00 GMT 2021
काठमाडौं । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२० क्रिकेटमा सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेट हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजस्थानले दिएको १६५ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा पूरा ग¥यो । हैदरावादका लागि जसन रय र केन विलियमसनले अर्धशतकीय पारी खेले । ४२ बल खेलेका रयले आठ चौका र एक छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)