‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड बियोन्ड’ आयोजना हुँदै
abhiyandaily.com
काठमाडौं (अस) । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड बियोन्ड’ सम्मेलन गर्ने भएको छ । संस्थाले आउँदो आइतवारदेखि काठमाडौंमा उक्त सम्मेलन गर्ने भएको हो ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी १५ जना विशिष्ट व्यक्तिले कार्यपत्र प्रस्तुत गर्ने संस्थाले जानकारी दिएको छ । सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करीब १५० जना सहभागी हुने संस्थाको भनाइ छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)