मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना : चिसोले तराईको जनजीवन प्रभावित

Ujyaaloonline.com · Sat Dec 31 01:31:23 GMT 2022

काठमाण्डाै - आज देशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले काठमाण्डौ उपत्यका तथा तराई/मधेसमा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौमा लागेको हुस्सु कुहिरो घाम लाग्न थालेसँगै हट्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)