अपराध संहिता संशोधन विधेयकको मस्यौदाप्रति सांसद ज्ञानेन्द्र शाहीको आपत्ति
baahrakhari.com · Thu Jul 02 08:26:00 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले मुलुकी अपराध संहिता (संशोधन विधेयक)को मस्यौदाप्रति आपत्ति जनाएका छन् । बिहीबार (असार १८) बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदीय मामिला तथा कानुन मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ लाई संशोधन गर्न अघि बढाएको मस्यौदाप्रति विरोध जनाएका हुन् ।
उनले संविधानले नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक बहुलवाद र स्वतन्त्रताको प्रत्याभूति गरेको भन्दै प्रस्तावित मस्यौदाले मौलिक हकमाथि प्रहार गर्ने जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)