इयु प्रतिबन्धबारे चीनको चेतावनी
barnanmedia.com · Wed Jun 10 22:34:16 GMT 2026

युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिरहेको युरोपेली संघ (इयु)लाई चीनले कडा चेतावनी दिएको छ ।
बेइजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाइए आवश्यक कदम चालेर राष्ट्रिय हित र अधिकारको रक्षा गर्ने जनाएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता इयुले मस्कोविरुद्ध विभिन्न चरणमा प्रतिबन्धहरू लागू गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)