पूर्वराजा शाहलाई जरिवाना तोकिएको भन्दै निर्णय तत्काल फिर्ता लिन काठमाडौँ महानगरले चेतावनी
barnanmedia.com · Mon Mar 31 22:40:48 GMT 2025

काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकिएको भन्दै राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले विज्ञप्ति जारी गरेर महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन्।
पूर्वराजालाई जरिवाना तोकेर भ्रम र अनास्था फैलाइएको समितिको ठहर छ। ‘चैत १५ गते काठमाडौं, तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग पूर्वस्वीकृति लिएर संयुक्त जनआन्दोलन समितिको अपनत्वमा सम्पन्न भएको कार्यक्रममा सो क्षेत्रमा वातावरण प्रदूषण भएको भनी काठमाडौं महानगरपालिकाले श्री ज्ञानेन्द्र शाह निर्मल निवास भन्ने उल्लेख गरी जरिवाना पत्र पठाएकोमा यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त पत्राचारबाट राजाका सम्बन्धमा भ्रम र अनास्था सिर्जना गर्ने कुत्सित उद्देश्य रहेको यस समितिको ठहर रहेको छ। उक्त कार्यक्रम कानुन बमोजिम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले अनुमति लिई आयोजना गरिएको नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको अभिलेखमा समेत उल्लेख रहेको छ, ‘विज्ञप्तिमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)