मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने : राष्ट्रियसभा उपाध्याक्ष घिमिरे

barnanmedia.com · Sun Oct 26 23:04:36 GMT 2025

काठमाडौँ, १० कात्तिक : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने बताउनुभएको छ ।

त्यसका निम्ति संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले छठ पर्व–२०८२ को अवसरमा आज सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुहुँदै भन्नुभएको छ, “वर्तमान अवस्थामा राष्ट्रियसभा एक स्थायी संस्था भएकाले यसले नीति निर्माण, कानुन निर्माण र राजनीतिक स्थिरतामा सन्तुलन कायम गर्ने, राष्ट्रिय सहमति निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास म गर्दछु ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)