मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोटाङका ९० घर विद्युत् उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य

barnanmedia.com · Thu Aug 01 21:38:56 UTC 2024

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ९० घर विद्युत् उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य बनेका छन्। साउन १५ गते साँझ वर्षासँगै परेको चट्याङले ट्रान्सफर्मर जलेपछि खार्मीस्थित सोती, फूलबिसौना, डढेली र खत्रीगाउँमा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन्।

चट्याङले जलेको ट्रान्सफर्मर मर्मतका लागि तीन दिनपछि प्राविधिक टोली आए पनि अर्को फेर्नुपर्ने भन्दै फर्किएको स्थानीय विक्रम राईले बताए। ‘विद्युत् अवरुद्ध भएपछि प्राविधिकलाई पटक–पटक फोन गयौँ । तीन दिनपछि आज आउनुभएको थियो। तर अर्को ट्रान्सफर्मर फेर्नुपर्छ भन्दै मर्मत नै नगरी फर्किनुभयो’, उनले भने, ‘तीन दिनदेखि हामी अन्धकारमा बस्न बाध्य छौँ। कहिले पुनःसञ्चालन गरिदिने हो टुंगो छैन। प्राधिकरणको बेवास्ताले हामी मारमा परेका छौँ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)