काठमाडौंको सामाखुसीमा छतबाट खसेर युवकको मृत्यु
shilapatra.com · Tue Sep 13 00:49:00 GMT 2022
काठमाडौंको सामाखुसीमा छतबाट खसेर एक जना युवकको मृत्यु भएको छ ।
सामाखुसीमा रामपाल श्रेष्ठले सञ्चालन गरेको क्रिस्टल ब्वाइज होस्टलको तेस्रो तलाबाट खसेर गोरखा ताकुकोटका २२ वर्षीय विकेश गुरुङको मृत्यु भएको हो । गुरुङ एक वर्षदेखि सोही होस्टलमा बस्दै आएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)