लमजुङमा छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु
ekantipur.com · Sun Oct 08 17:23:16 GMT 2023
लमजुङ — लमजुङमा छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका-९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विकको उपचारको क्रममा मृत्यु भएको हो ।
गत असोज १० गते साँझतिर आफ्नै छोरा २८ वर्षीय सुजन विकको चक्कु प्रहारबाट दिलबहादुर गम्भीर घाइते भएका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र उपचारको क्रममा शनिबार अपराह्नतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)