प्राज्ञिकको राष्ट्रिय शिक्षा कार्यशाला प्रारम्भ, संस्कारयुक्त शिक्षामा जोड
emountaintv.com · Sat Feb 18 16:02:30 GMT 2023
ललितपुर, ६ फागुन । देशमा स्वतन्त्र विद्यार्थी शक्तिका रुपमा बढिरहेको प्राज्ञिक विद्यार्थी परिषद्को दुई दिवसीय राष्ट्रिय शिक्षा कार्यशाला शनिबारबाट प्रारम्भ भएको छ । ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको सभाहलमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीको प्रमुख आतिथ्यमा प्रारम्भ भएको हो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले नेपालमा संस्कारयुक्त शिक्षाको थालनी गर्नु पर्ने आवश्यक रहेको बताए । उनले भने, पहिले पहिले गुरूलाई सडक मा भेट्दा निहुरेर ढोगिन्थ्यो गुरू र शिक्षकमा आदर सम्मान अनुशासन थियो तर आजको समाजमा त्यो सब देख्न नपाइने बताए । शिक्षामा कैयौँ समस्या भएता पनि अब हाम्रो विश्वविद्यालयका उपकुलपतिमा खुल्ला प्रतिस्पर्धा हुन थालेको र राजनीतिक नियुक्ति घट्दै गएको छ बताए । हाम्रो जन्म ज्ञानको लागि भएको र समाज रूपान्तरणमा शिक्षाले नै योगदान दिने भएकोले चिन्तन ज्ञान र समर्पण नभई शिक्षा फलदायी नहुने बताए । साथै बिदेशमा १२ पढ्दा एक विद्यार्थीले ९०५ ज्ञान हासिल गर्छन तर नेपालमा ४५५ नि मुस्किलले ज्ञान हासिल गरेको अवस्था छ । उनले नेपाली भएरै नेपालीमा कमजोर हुनु दयनीय अवस्था रहेकोले हाम्रो परिक्षा प्रणालीमा सुधार भएता पनि शैक्षिक कार्यान्वयन सन्तुष्टिजनक नभएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)