अमेरिका र रुस कैदी आदानप्रदान गर्न सहमत
barnanmedia.com · Thu Aug 01 21:49:20 UTC 2024

जो बाइडेन प्रशासन रुससँग कैदी आदानप्रदान गर्न सहमत भएको छ । यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकको रिहाइको विषयमा छिट्टै निर्णय हुने अपेक्षा गरिएको छ ।
अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएसको रिपोर्ट अनुसार अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले रुसमा थुनिएका बन्दीहरूमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, मरिन पल वेलान र रुसी(अमेरिकी रेडियो पत्रकार आल्सु कुर्मशेवा रहेको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)