आईपीएल : राजस्थानमाथिको जितले दिल्लीको प्लेअफ सम्भावना कायमै
himalpress.com · Mon May 18 03:16:33 GMT 2026

काठमाडौँ- राजस्थान रोयाल्सविरुद्ध पाँच विकेटको जित निकाल्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ सम्भावना कायमै राखेको छ। आइतबार अरुण जेट्ली रंगशालामा राजस्थानले प्रस्तुत गरेको १९४ रनको लक्ष्य घरेलु टोली दिल्लीले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीका केएल राहुलले सर्वाधिक ५६ रनको इनिङ खेले । उनले ४२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । अभिषेक पोरेलले ५१ रन जोडे । उनले ३१ बलमा सात चौका र एक छक्का प्रहार गरे । कप्तान अक्षर पटेल ३४ र अभिषेक शर्मा १८ रनमा अविजित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)