कालीकोटमा बेवारिसे बम विस्फोट, २ बालिकाको मृत्यु
annapurnapost.com · Sun Oct 30 01:21:00 GMT 2022
सुर्खेत : कालीकोटमा बेवारिसे बम बिस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ। उक्त घटनामा तीन जना बालबालिका गम्भीर घाइते भएका छन्।
तिलागुफा नगरपालिका–१० रानावाडामा शनिबार बिहान ८ बजे बेवारिसे बम बिस्फोट भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। उक्त घटनामा ३ वर्षीया बालिका झरना थापा र ४ वर्षीया बालिका सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। उनका अनुसार झरनाको घटनास्थलमै मृत्यु भएको थियो भने सरस्वतीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)