मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अछाम अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी गर्ने कार्य तीब्र

barnanmedia.com · Thu Aug 01 22:11:29 UTC 2024

पछिल्लो समय अछाम प्रहरीले अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी गर्ने कार्य तीब्र पारेको छ ।

मातहत प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरी टोलीले चौरपाटी गाउँपालिका ६ दुनीमा गाँजाका बोटहरु फडानी गरेको हो ।मंगलबार र बुधबार चौखुट्टेबाट खटिएको प्रहरी टोलीले करिब १३ हजार गाँजाका बोटहरु फडानी गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।अछाम प्रहरीका अनुसार मंगलबार वडा अध्यक्ष डबल बहादुर खड्का र प्रहरीको टोलीलले दुनीमा अवैध रुपमा उत्पादन गरेको गाँजाखेती फडानी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)