मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रभावकारी बन्यो गुनासो केन्द्र

gorkhapatraonline.com · Sun Oct 26 23:50:02 GMT 2025

धनुषाको धनुषाधाम नगरपालिकाका स्थानीयले स्थानीय तहको न्यायिक समितिले गरेको निर्णयविरुद्ध अदालत गएका र अदालतले गरेको फैसला स्थानीय तहले कार्यान्वयन नगरेको गुनासो गत असोजमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्रमा आयो । मन्त्रालयमा आएको उक्त गुनासोलाई मन्त्रालयले तत्काल सम्बन्धित स्थानीय तहलाई सम्पर्क गरी अदालतको फैसला कार्यान्वयन गरायो ।

असोज महिनामा नै झापाको एक सहकारी संस्थाका बचतकर्ताले सहकारी संस्थाले बचत फिर्ता नदिएपछि ‘बचत फिर्ता नपाए आत्महत्या गर्छु’ भन्ने गुनासो मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्रमा आयो । मन्त्रालयले सेवाग्राहीबाट आएको उक्त गुनासोलाई सम्बन्धित निकायलाई पत्राचार गरी बचतकर्ताको दुई किस्ता बचत रकम फिर्ता गराइसकेको छ । अब एक किस्ता मात्र रकम बाँकी छ । उक्त रकम पनि केही दिनमा फिर्ता गर्ने सम्बन्धित सहकारी संस्थाले प्रतिबद्धता जनाइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)