आन्दोलन स्थगित गरी सरकारसँग संवाद गर्ने दुर्गा प्रसाईंको सुझबुझपूर्ण निर्णय
barnanmedia.com · Sun Oct 26 23:42:04 GMT 2025

राजनीतिक अस्थिरता, असन्तोष र अविश्वासका बीचमा पनि कहिलेकाहीँ निर्णयको एउटा कदमले परिस्थितिलाई नयाँ मोड दिन सक्छ । हालै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले लिएको निर्णय त्यसको ज्वलन्त उदाहरण बनेको छ । आन्दोलनका तयारीमा रहेका प्रसाईंले आइतबार सरकारसँग वार्तामा बस्न तयार रहेको पत्र बुझाएर परिस्थितिलाई सहमतिको दिशामा लैजाने संकेत दिएका छन् । उनको यस कदमले देशको शान्ति, स्थायित्व र सहअस्तित्वको दिशामा आशाको किरण जगाएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि प्रसाईंले गृह मन्त्रालयसँग वार्तामा बस्न तयार रहेको पत्र बुझाएका हुन् । यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनरत विभिन्न समूहहरूलाई संवादबाटै समाधान खोज्न आग्रह गरेका थिए । प्रसाईंको सहमतिको यो संकेतले सरकार र आन्दोलनकारीबीचको दूरी घटाउने सम्भावना बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)