चीनको सीमामा रहेका बेस क्याम्प हटाइदै
ratopati.com
सशस्त्र प्रहरी बलले सामरिक महत्वका दुईसहित पाँचवटा जिल्लामा रहेका बेस क्याम्प हटाउन प्रस्ताव गरेको छ। सशस्त्रले नेपाल-चीन सीमा क्षेत्रसँग जोडिएको र सीमा नाकासमेत रहेको सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, उदयपुर र पर्वत जिल्लाको बेस क्याम्प हटाउने प्रस्ताव गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार नयाँ आइजिपी पुष्पराम केसी नियुक्त भएको चार दिनपछि सो प्रस्ताव गृहमा पुगेको हो। 'पाँचवटा जिल्लामा रहेका गुल्म हटाउने प्रस्ताव आएको छ। यसको कारण के हो भनेर हामीले सशस्त्रलाई भनेका छौं। बिनाकारण गुल्म हटाउने प्रस्ताव किन आएको थाहा छैन', गृहका एक अधिकारीले भने । उनका अनुसार सिन्धुपाल्चोक र हुम्ला चीनसँग जोडिएका जिल्ला हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)