नेपाल प्रहरीमा ५ डीआईजी बढुवा सिफारिस
barnanmedia.com · Sun Oct 26 23:47:02 GMT 2025

नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
डीआईजीका लागि एसएसपीहरु भुपेन्द्र खत्री, सानराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका हुन्। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)