रोकिएको भारत–चीन प्रत्यक्ष हवाई सेवा पाँच वर्षपछि पुनः शुरू
barnanmedia.com · Sun Oct 26 23:57:18 GMT 2025

पाँच वर्षको अवरोधपछि भारत र चीनबीच आइतबार प्रत्यक्ष हवाई उडानहरू पुनः शुरू भएका छन् । यो कदम व्यापार र जनता–जनताबीचको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ । यसले एसियाका दुई दिग्गज राष्ट्रबीच सम्बन्ध पुनर्निर्माणको प्रतीकात्मक शुरूआत गरेको छ ।
विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकी यी दुई देशबीच लामो समयदेखि रणनीतिक प्रतिस्पर्धा रहँदै आएको छ । सन् २०२० मा हिमाली सीमामा भएको घातक झडपपछि सम्बन्धमा आएको तिक्तता विस्तारै घट्दै गएको छ । भारत सरकारका अनुसार उडान पुनः शुरू हुनु ‘जनता–जनताबीचको सम्पर्क सुदृढ गर्न’र ‘द्विपक्षीय आदानप्रदानलाई सामान्यिकरणतर्फ लैजान’ सहयोगी हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)