मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नयाँ गभर्नर नियुक्ती गर्न उमेर हद गायब, कसका लागि हुदै छ चलखेल ?

barnanmedia.com · Mon Mar 31 22:46:49 GMT 2025

नयाँ गभर्नर नियुक्ती गर्न दुई सत्तारुढ दलहरुले एकपछि अर्को पात्र खडा गरिरहेको अबस्थामा अर्थमन्त्रायले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन नै गरेर उमेर हद नै हटाएको छ । सोमबार अर्थमन्त्रालयले सार्वजनिक गरेको संशोधित मापदण्ड उमेर हद शंसोधन गरेको पाइएको हो ।

यसअघि मन्त्रालय मातहत नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद आवश्यक हुने रहेकोमा अब उमेर हद हटाइएको हो । सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति समेत गठन गरिसकेको अवस्थामा ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)