धान काट्दा र पदयात्रा गर्दा मौसमबारे जानकारी लिन सुझाव
Ujyaaloonline.com · Mon Oct 27 00:08:27 GMT 2025

काठमाण्डौ – आज बेलुकीदेखि शुक्रवारसम्म देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले हिजो सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आज सबै प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
भोलि पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी अवस्थाबारे स्वतन्त्र रुपमा विश्लेषण गर्दै आएका विज्ञहरुले भने भोलिदेखि शुक्रवारसम्म पानी पर्ने सम्भावना रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)