मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

एनआरएनएले भन्यो–नागरिकता विधेयक स्वागत योग्य छ

ratopati.com

गैरआवसीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयकको स्वागत गरेको छ । संघ अध्यक्ष विनोद कुँवरले विज्ञप्ति निकालेर नागरिकताको निरन्तरता आफूहरुको माग रहेको बताए ।

संघले उठाउँदै आएका विधेयकमा पूरै नसमेटिएको बताउँदै राजनीतिक अधिकारबाहेक सबै अधिकार गैर आवासीय नेपालीले पाएको बताए । “अहिले संसदमा टेबल गरिएको नेपाल नागरिकता ऐन विधेयकप्रति नेपाल सरकारलाई धन्यवाद । हाम्रो माग भनेको नागरिकताको निरन्तरता हो । यस विधेयकमा केही कुराहरु हाम्रो माग अनुसार छैनन् तरपनि हामी यसलाई स्वागत गर्दछौं । विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संविधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको व्यबस्था गरिएको छ” अध्यक्ष कुँवरद्वारा जारी विज्ञप्ति भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)