नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस !
Ujyaaloonline.com · Wed Sep 08 23:55:34 GMT 2021
काठमाण्डाै – नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । एमालेका सांसदले चर्को नाराबाजी गरे पनि गृह मन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गर्नुभएको हो । अध्यादेश पेस भएसँगै संसद्को बैठक आउँदाे शुक्रवारसम्मका लागि स्थगित भएको छ ।
यसअघि एमालेका सांसदले अवरोध गरेपछि संसद् बैठक आज दुई पटकसम्म स्थगित भएको थियो । आजको तेस्रो बैठकमा गृह मन्त्रीले अध्यादेश पेस गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)