संयुक्त सरकारमा एमालेको एकल बदनामी
nepalviews.com · Sun May 04 16:59:41 GMT 2025

काठमाडौं । संसद्को पहिलो दल काङ्ग्रेस र दोस्रो दल एमाले गठबन्धनमा वर्तमान सरकारको नेतृत्व एमालेले गरिरहेको छ । संसदीय राजनीतिमा एक-अर्काले प्रमुख प्रतिस्पर्धी मान्ने दुई दलले सत्ता साझेदारी गरिरहँदा जस र अपजस दुवैले लिनुपर्नेमा सत्ताको नेतृत्व गरिरहेको दल एमालेले एकल बदनामी खेपिरहेको छ ।