मलेसिया पुगेका ४ नेपाली बेपत्ता
rajdhanidaily.com · Thu Aug 01 23:19:38 UTC 2024

काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका चार नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ ।
दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ सस्थालाई आग्रह गर्ने गरेको छ । पछिल्लो समय लमजुङका कृष्ण घर्तीमगर, धादिङको गंगाजमुना गाउँपालिका–५ का रमेश थापा, पाटन नगरपालिका–४ बैतडीका जीतबहादुर चन्द र इलामको फाकफोकथुम गाउँपालिका–१ स्थायी घर भएका डिसन लिम्बु बेपत्ता भएको भन्दै खोजी गर्न दूतावासले अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)