मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सानो स्कोरमा चम्किएको नेपाल

ekantipur.com · Sat Feb 19 01:08:55 GMT 2022

काठमाडौँ — नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध १ सय ४१ रन बनाउँदै खेल ९ रनले जितेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पूरा ओभर खेलिएको खेलमा नेपालले सबैभन्दा कम स्कोर बनाएर रक्षा गरेको खेल थियो । त्यो विश्वकपको खेल थियो, जुन नेपालले एकपल्ट मात्र खेलेको छ ।

नेपालले शुक्रबार ओमानविरुद्ध १ सय १७ रनमात्र बनाउन सक्यो, तर खेल ३९ रनले जित्दै ट्वान्टी–२० विश्वकपमा पुनः छनोट हुने सम्भावना नजिक ल्याएको छ । नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोर बचाउ गरेको ७ वर्षअघिको कीर्तिमान ओमानसँगको खेलबाट परिवर्तन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)