मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितानिवास प्रकरणमा सर्वोच्चको आदेश- पूर्वप्रधानमन्त्री, मुख्य सचिवलगायत सबैमाथि अनुसन्धान गर

newsofnepal.com · Mon Aug 07 00:43:39 GMT 2023

काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मन्त्रिपरिषद्मा निर्णय गर्ने मुख्य निर्णयकर्ता तथा कार्यान्वयन गर्ने सबै पदाधिकारी तथा कर्मचारीमाथि अनुसन्धान गर्न आदेश दिएको छ । सर्वोच्चको सो आदेशसँगै ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन निर्णय गराउने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई तथा मुख्य सचिवहरू माधवप्रसाद घिमिरे र लीलामणि पौडेलमाथि समेत अनुसन्धान गर्ने बाटो खुलेको छ । तत्कालीन मुख्य सचिव घिमिरेको भने सडक दुर्घटनामा परेर मृत्यु भइसकेको छ ।

ललितानिवासको जग्गा विभिन्न फर्जी कागजातको प्रयोग गरी व्यक्तिको नाममा गराउने विभिन्न गिरोहलगायत झन्डै ४ सय जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्दै आइरहेको छ । सीआईबीले हाल केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राख्दै आइरहेको छ । अब सर्वोच्चको यो आदेशसँगै सीआईबीले तत्कालीन प्रधानमन्त्री नेपाल, भट्ट्राई तथा पूर्वमुख्य सचिव पौडेलमाथि समेत अनुसन्धान गर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)