मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तरबारको धारमा सरकार

ekantipur.com · Fri Mar 08 01:13:29 GMT 2024

पुष्पकमल दाहाल नेतृत्वको सरकार दुई वर्ष चल्न पनि सक्छ र जुनसुकै बेला गिर्न पनि सक्छ । सरकारको समीकरण निकै कमजोर छ । सरकारले विश्वासको मत लिने बेलासम्म अंक गणित कुन रूपमा रहन्छ, अहिले भन्न सक्ने अवस्था छैन । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले अप्ठ्यारोमा पार्ने कसरत थालिसकेको छ ।

दाहालले दिएको धोकाधडीको बदला लिन कांग्रेसले चाहेको छ । यस्तो तरल अवस्थामा माधव नेपाल र रवि लामिछाने दुवै कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न सक्ने अवस्था पनि थियो । तर दुवै पार्टी सरकारमा सहभागी भइसके । तर राजनीतिमा जे पनि हुन सक्छ । दाहालले वर्ष दिनअघि दुई महिनामै गठबन्धन बदलेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)