मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरछेउकै खेतमा घाँस काट्दा बाघको आक्रमणबाट मृत्यु

ekantipur.com · Thu Aug 01 23:44:06 UTC 2024

कञ्चनपुर — २६ वर्षीया हीरादेवी शाह बिहीबार बिहान घरनजिकै धान खेतमा घाँस काट्न गइन् । करिब १० बजेको थियो । तल्लो मल्लो खेतमा पनि महिला घाँस काट्दै थिए । नजिकैको उखुबारीबाट आएको बाघले पछाडिबाट आक्रमण गरेर उनलाई घिसार्दै लग्यो । तल्लो र माथिल्लोपट्टिको खेतमा रहेका महिलाहरू हल्ला गर्दै पछि लागे ।

हल्ला भएपछि जम्मा भएका स्थानीय र सुरक्षाकर्मी खोज्दै जाँदा हीरा उखुबारीभित्र मृत अवस्थामा भेटिइन् । ‘म पनि खेतमा घाँस काट्दै थिएँ, उनीभन्दा अलि माथि थिइन्,’ हीराकी जेठानी मीनाले भनिन्, ‘घिसार्दै लगेको मात्रै देखें, त्यसपछि जाँदा त उखुबारीभित्र लगिहाल्यो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)