फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा
rajdhanidaily.com · Sun Mar 21 17:41:16 GMT 2021
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगको अनुसन्धानमा अधिकृत सुवेदीले सेवाग्राहीविरुद्धको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, तेह्रथुमबाट औषधि व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगरमा पठाएको इलाजसम्बन्धी मुद्दामा राय पठाउने र सेवाग्राहीको सिलबन्दी भएको फार्मेसी खोली मुद्दा मिलाउने प्रयोजनका लागि २ लाख रुपैयाँ घुस लिएको प्रमाणित भएको भन्दै मुद्दा दायर गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ । सुवेदीलाई २ लाख बिगो बराबरको रकम कायम हुनेगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)