अमेरिका जाँदै प्रधानमन्त्री प्रचण्ड, त्यहाँबाट सिधै चीन उड्ने
shilapatra.com · Sat Sep 16 00:15:00 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र सङ्घीय महासभामाकाे ७८औँ सत्रमा सहभागी हुन उनी न्युयाेर्क जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण टाेलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् । परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयाेर्क पुगिसकेका छन् ।
१९ सेप्टेम्बर (२ असाेज)मा न्युयाेर्कमा राष्ट्रसंघको महासभा सुरु हुँदैछ । २१ सेप्टेम्बर (४ असाेज) मा प्रचण्डले महासभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । महासभामा उनले सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)