लखनउमाथि प्रभावशाली जित निकाल्दै पञ्जाब प्लेअफको नजिक
onlinekhabar.com · Sun May 04 17:51:09 GMT 2025
१७ वैशाख, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सातौं जित निकाल्दै प्लेअफको नजिक पुगेको छ । आइतबार भएको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ ।
पञ्जाबले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनायो । आयुष बदोनीले अर्धशतक बनाएपनि जितका लागि भने पर्याप्त हुन सकेन । लखनउको टप अर्डर ब्याटरहरू पावरप्लेभित्रै पेभेलियन फर्कँदा लखनउ खेलमा पछि परिसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)