मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

समयको पालना

nayapatrikadaily.com · Sun Jan 21 00:24:00 GMT 2024

एकपटक महात्मा गान्धी दान्डी यात्राका क्रममा थिए । यात्रा गर्दै गर्दा उनको टोली एक स्थानमा आरामका लागि छोटो समयका लागि रोकियो । एकैछिनको विश्रामपछि जब गान्धीको टोली यात्रामा सामेल भयो, त्यति नै वेला गान्धीका एक अंग्रेज प्रशंसक उनीसित भेटघाट गर्न त्यहाँ आइपुगे ।

गान्धी नजिक पुगेपछि उनले आफ्नो हात गान्धीतर्फ अघि बढाउँदै भने– बापु, म वाकर हुँ । तर, आफ्नो टोलीले यात्रा सुरु गरिसकेको हुनाले गान्धीले ती अंग्रेजलाई समय दिन सकेनन् । त्यसैले, उनले हतारिँदै हात मिलाए र भने– म पनि त ‘वाकर’ नै हुँ । तपाईंसित भेट हुँदा मलाई निकै खुसी लाग्यो । यत्ति भनेर उनी हतारहतार अघि बढे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)