प्रधानमन्त्रीले पहिलो पल्ट पाए जेष्ठ नागरिक सुविधा !
farakdhar.com · Wed Mar 03 17:05:09 UTC 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पल्ट ज्येष्ठ नागरिक सुविधा उपभोग गरेका छन् । बुधबार जाउलाखेल चिडिया खाना अनुमगनमा गएका प्रधानमन्त्रीलाई शुल्कमा ज्येष्ठ नागरिकले पाउने सुविधा अनुसार नै लिइएको छ ।
अनुगमनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूले पहिलोपल्ट ज्येष्ठ नागरिकको सुविधा उपभोग गर्न पाएको बताएका छन् । ‘ज्येष्ठ नागरिकको सुविधा पाउन थालेपछि सुखको कुरा भन्ने कि दुःखको कुरा भन्ने ?’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)