मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महिनामा २० युनिटसम्म निःशुल्क विद्युत् : ऊर्जामन्त्री

ekantipur.com · Thu Aug 12 01:14:51 GMT 2021

काठमाडौँ — विद्युत् खपत बढाउन महसुल घटाउन लागिएको ऊर्जामन्त्री पम्फा भुसालले बताएकी छन् । बुधबार मन्त्रालयको प्राथमिकता सार्वजनिक गर्दै मन्त्री भुसालले महसुल समायोजन गर्ने निर्णय प्राधिकरणको सञ्चालक समितिबाट पारित भइसकेको जानकारी दिइन् ।

गत आर्थिक वर्षमा १ खर्ब ६० अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको जनाउँदै उनले पेट्रोलियम पदार्थ र ग्यास आयातलाई प्रतिस्थापन गर्नु सरकारको प्राथमिकता रहेको स्पष्ट पारिन् । इन्धनबाट चल्ने सवारीलाई विस्थापित गर्दै विद्युतीय सवारीको प्रयोग बढाउन विद्युत् महसुल घटाउन लागिएको उनले बताइन् । ‘मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क ऊर्जा उपलब्ध गराउने निर्णय भइसकेको छ, अब नियमन आयोगले निर्णय गर्ने वित्तिकै कार्यान्वयनमा जान्छ,’ उनले भनिन् । महिनामा २० युनिटसम्म विद्युत् उपभोग गर्ने ग्राहकले डिमान्ड शुल्कबापत ३० रुपैयाँ भने तिर्नुपर्ने हुन्छ । हाल मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेले यो सुविधा पाइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)