पर्वतमा काँक्रोको बीउ उत्पादनमा कमी
abhiyandaily.com
पर्वत (अस) । व्यावसायिक रूपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका पर्वतका किसानलाई यस वर्ष ठूलो नोक्सानी भएको छ । असिनापानी र रोगकीराको प्रकोपका कारण काँक्रोको बीउ उत्पादनमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ४१ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।
जिल्लाको फलेवास नगरपालिका–११ पाङराङ र जलजला गाउँपालिका–७ धाइरिङमा विगत लामो समयदेखि काँक्रोको विभिन्न जातको बीउ उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार गतवर्ष पर्वतमा ७ टन काँक्रोको बीउ तयार भएकोमा यस वर्ष घटेर चार टन मात्र उत्पादन भएको छ । प्रतिकिलो रू. ३ हजार रुपैयाँमा गतवर्ष रू. २ करोड १० लाखको बीउ उत्पादन भएकोमा यो वर्ष रू १. करोड २३ लाखको मात्र उत्पादन भएको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)