अपराध संहिता संशोधनको मस्यौदा फिर्ता लिन शाहीको माग
himalpress.com · Thu Jul 02 08:51:55 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मुलुकी अपराध संहिता (संशोधन) विधेयकको मस्यौदाप्रति कडा आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय मामिला तथा कानुन मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधन गर्न ल्याएको मस्यौदाले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, राजनीतिक बहुलवाद र नागरिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गर्ने दाबी गरे।
मस्यौदामा ‘संविधान वा लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गर्ने, गराउने वा बल प्रयोग गर्ने’ भन्ने व्यवस्था थपेर त्यसलाई राज्यविरुद्धको कसुरका रूपमा परिभाषित गर्दै २५ वर्षसम्म कैद सजायको प्रस्ताव गरिएकोप्रति उनले असहमति जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)