गोरखा–२ मा कबिन्द्रको अग्रता, चक्रे मिलन चौथोमा
baahrakhari.com · Fri Mar 06 10:40:19 GMT 2026

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा गोरखा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कबिन्द्र बुर्लाकोटी ७९१ मतसहित अग्रस्थानमा छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार लेखनाथ न्यौपानेले २२१ मतसहित उनलाई पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार प्रकाशचन्द्र दवाडीले १३७ मत ल्याएका छन् ।
नेकपा (एमाले)का उमेदवार मिलन गुरुङ (चक्रे मिलन) ७९ मतसहित चौथो स्थानमा रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
#निर्वाचन
#चक्रे मिलन
#गोरखा–२
#कबिन्द्र बुर्लाकोटी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)