मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र चलाउने तरिका ‘विशेष प्रदर्शनी’

gorkhapatraonline.com · Thu Mar 21 01:19:56 GMT 2024

काठमाडौँ, चैत ८ गते ।

आफ्नो चलचित्र हेरेर समीक्षक तथा कलाकारबाट सकारात्मक कुरा आओस् भन्ने चाहना धेरै निर्देशक/निर्माताको हुन्छ । त्यसमाथि चलचित्र क्षेत्रमा आफूले गरेको कामको सही मूल्याङ्कन समीक्षक वा चलचित्रकर्मीहरूबाट होस् भनेर चलचित्र प्रदर्शन हुने केही दिनअघि या अघिल्लो दिन विशेष प्रदर्शनी अर्थात् ‘प्रिमियर सो’ गर्ने चलन छ । यही चलन अहिले नेपाली चलचित्र क्षेत्रमा पनि निकै देखिन थालेको छ । हलिउड र बलिउडबाट सुरु भएको यो चलन नेपाली चलचित्र क्षेत्रमा पुरानो भने होइन । चलचित्रको प्रदर्शन अगावै विशेष प्रदर्शनी त गरिन्छ तर यो किन र कसका लागि गरिन्छ भन्ने कुरा अझै पनि कसैको चासोको विषय बनेको छैन । मल्टिप्लेक्स हलमा महँगो दरमा हल भाडा तिरेर साथै रेड कार्पेट ओच्छाएर चलचित्रको प्रदर्शनी गरिन्छ तर यसले कसलाई फाइदा पु¥याउँछ भन्ने अन्योल अझै कायम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)